बिहारमा महिलाले लोडसेडिङ धेरै भएको भन्दै घर र श्रीमान दुबै छाडिन्
छिमेकी मुलुक भारतको बिहारमा केही दिनदेखि लोडसेडिङको समस्या छ नेपालकै जस्तै । तर अचम्मको कुरो के भने लोडसेडिङका कारण एक महिलाले त्यहाँ आफ्नो श्रीमान छाडी माइत आएर बसेकी छिन् ।
पटनाको मीठापुर इलाकामा बस्दै आएकी एक दलित महिलाले पतिको घर छाड्ने फैसला गरिन किनकी श्रीमानको घरमा लोडसेडिङको समस्या देखाउँदै । प्रेमनाथ पासवानकी छोरी रेणुको ३ वर्षअघि पटनाको बरनीका शशिभूषण पासवानका साथ विवाह भएको थियो ।
सहरमा बस्ने रेणुले गाउँले जीवनशैली अपनाउन सकिनन् । रेणुको सबैभन्दा ठूलो समस्या श्रीमानको घरमा बिजुुली आउँदैन थियो, आएपछि एक छिन आएर लाइन कट हुन्थ्यो । लोडसेडिङका कारण ज्यादै हैरानी भएकी रेणु अहिले माइतमा छिन् । उनले श्रीमानको घर नजाने बताएकी छिन् ।
समस्या समाधानका लागि यो घटना प्रहरीसामू पनि पुगेको छ । नितिश सरकार ९ वर्षदेखि बिजुलीको समस्या समाधानमा जुटिरहेको छ । अझै पनि बिहारका कति गाउँमा बिजुली पुगेको छैन ।

0 comments