के सन्नी लियोनको यस्तो रहर पूरा होला त ?
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

एजेन्सी–बलिउडकी अभिनेतृ सन्नी लियोनले तीन खानसँग फिल्म खेल्ने इच्छा व्यक्त गरेकी छन् ।
एक पहेँली लीला र कुछ कुछ लोचा है को प्रदर्शनको प्रतीक्षामा रहेकी पूर्व पोर्नस्टार सन्नीसँग फिल्म खेल्न केही स्टारहरुले अस्वीकार गरेको हल्ला चलेको थियो ।
आफ्नो विगतप्रति पछुुतो नभए पनि उनी अहीले विगतलाई बिर्सिएर नयाँ करिअर बनाउन लागि परेकी छन् ।
उनले आफू खान नायकहरुसँग टक्कर लिन नआएको बताएकी छन् । उनले भनिन्, ‘म सलमान, शाहरुखर अमिर तीनै जनासँग काम गर्न इच्छुक छु किनकि उनीहरु बलिउडका ठूला हस्ती हुन् ।
आफू शाहरुख र अमिरसँग भेटिसकेको र कसैले आफूलाई सलमानसँग फिल्म खेलाइदिए ठूलो उपकार हुने उनको भनाइ छ ।

0 comments

Post a Comment