भागेर विवाह गरेर दुई बच्चाकी आमा बनेकी फिजाको फेरी अर्कैसँग लभ परेपछि…
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्


एजेन्सी– भनिन्छ माया अन्धो हुन्छ । 
यो समाचार पढेपछि तपाइलाई यस्तो लाग्ने छ कि के मानिस मायामा यतिसम्म अन्धो हुन्छ कि उसले आफ्नो सन्तानलाई छाडेर अर्को पुरुषसँग सम्बन्ध राख्न सक्छ ? यो समाचार हो भारतकी एक फिजा नाम गरेकी महिलाको जसले आफ्नो प्रेमीसँग भागेर विवाह गरेकी थिइन् । केही समयपछि उनीहरुको दुई बच्चा भयो र फिजालाई फेरी अर्को युवकसँग माया बस्यो । 
र फेरी उनी एकपटक घरबाट भागिन् । न्यूज २४ का अनुसार उनका श्रीमानले यो घटना पुलिसमा गएर दर्ता गराए र उनी पक्राउ परिन् । तर उनले एउटा यस्तो नाटक बनाइन् कि दोष उल्टो श्रीमानलाई लगाइन । पुलिसलाई वयान दिदै उनले भनिन् कि उनको श्रीमानले उनलाई पिट्ने गर्दथे । हाल उनीहरुका ५ वर्षीया र २ वर्षीया छोरी छन् । उनका श्रीमान समिरले दुबैजना भागेको चाल पाएपछि पुलिसमा दर्ता गरेको उजुरीका आधारमा प्रहरीले फिजा र उनका प्रेमी इमरानलाई पक्राउ गर्यो । फिजाले प्रहरीको अगाडि नै आफूलाई समिरले पिट्ने गरेको र आफू हाल इमरानसँग बस्न चाहेको बताइन् । हाल इमरानलाई प्रहरीले आफ्नो हिरासतमा राखेको छ ।

0 comments

Post a Comment