लाश जलाएपछि मसानघत तिर फर्कनु हुदैन
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्


मृत्यु संस्कार जीवनका १६ संस्कार मध्ये अन्तिम संस्कार हो ।हिन्दु धर्म शास्त्रहरुमा दाह संस्कारपछि आत्म अन्य शरीरमा प्रवेश गर्ने उल्लेख छ । अन्तिम संस्कारको समयमा दागबत्ति दिँद मन्त्रोच्चारण समेत गर्ने गरिन्छ । शरीर अग्निमा भष्म भएपछि यसका आधारभूत पञ्च तत्वमा विलिन हुने विश्वास गरिन्छ । >गरुण पुराणमा मृत्यु पछि पनि आत्माको परिवारका सदस्यहरुसँग मोह भैरहने र त्यस्ता ब्यक्तिलाई दुःख दिने समेत बताइएको छ । शव दाह गर्ने समयमा मृतक ब्यक्तिको आत्मलाई अव परिवारसँग तिम्रो सम्बन्ध छैन भन्ने सन्देश समेत दिने चलन छ ।शव दाह गरिसकेपछि कुनै पनि परिवारको सदस्य वा मलामीले शव जलाएको स्थाततर्फ हेर्‍यो भने जसले हेर्छ उसलाई नै आत्म भड्किने समेत गरुण पुराणमा उल्लेख छ ।त्यसकारण कुनै पनि ब्यक्तिले लाश जलाइ सकेपछि मसानघाट तिर फर्केर नहेर्नु नै बुद्धीमानी हुन्छ । शरीर जलाइ सकेपछि आत्म भड्किने र कुनै पनि ब्यक्तिले पछि फर्केर हेरेमा उसलाई नै दुःख दिने भएका कारण मलामीले फर्केर नहेर्ने चलन रहेको छ । मलामीमा बच्चा समेत भएमा त्यस्ता बच्चालाई सबै भन्दा अघि लगाएर फर्किनु समेत उत्तम भनेर शास्त्रमा उल्लेख छ ।नेपाली न्युज फेसबुक पेज बाट

0 comments

Post a Comment