४० बच्चाका पिता भन्छन् ‘म अझै उर्वर छु’
ब्रिटेन, मनमाउथसायरमा बसोबास गर्ने माइक
होल्पिनका कम्तिमा ४० छोराछोरी छन्। आधाजस्तो छोराछोरीको त नाम पनि थाह छैन
माइकलाइ, त्यसैले शरीरमा सबैको नाम सहित टाटु बनाएका छन्। १६ बच्चा त
रक्सी र केटीहरुसंगको अत्याधिक सम्बन्धको कारणले हो भन्छन् माइक।
५६
वर्ष भइसकेका उनलाइ अझै बच्चाको चाहना छ। ‘यी बिना बाँच्न सक्दिन’ उनले
भने। ‘बाइबलमा प्रभुले अगाडी बढ अनि संङ्ख्या बढाउ भन्नु भएको छ, म केवल
प्रभुको इच्छा अनुसार चल्दैछु।’ भन्छन् माइक। उनले एक दसक देखि कुनै काम पनि गरेका छैनन तर २७,००० डलर फाइदा भएको छ भन्छन!
‘म अझै उर्वर छु। मलाइ कुनै परिवार
नियोजनको साधन मन पर्दैन अनि मलाइ यौनसंपर्क अति मनपर्छ’ उनले थपे। ४०
मध्ये २२ छोराछोरीले उनकै थर राखेका छन् साथै केही बच्चाको बारेमा त उनलाइ
थाहा पनि छैन जसलाइ अन्य बालबच्चा स्याहार गर्ने संस्थाहरुले लगेका छन।
यस्ता संस्थाहरुले लगेका बच्चाहरु फिर्ता
गर्ने कुरागर्छन् उनी। ‘सबै छोराछोरीहरु संगै हुँदाको रमाइलो नै छुट्टै
हुन्छ, म सबै छोराछोरीहरुलाइ घरमै ल्याउँछु’।
‘कतिपय अवस्थामा मैले छोराछोरीकै मद्धतले
पनि अन्य महिलाहरुलाइ घरमा ल्याएको छु। बच्चा भएका एकल पुरुषलाइ महिलाहरुले
मनपराउँछन्।’, उनले आफ्नो गल्ति महशुस गर्दै भने, ‘छोराछोरीहरुले मलाइ माफ
गर्छन् भन्ने आश छ।’

0 comments