७० वर्ष पछि भेटिए ,दोस्रो विश्वयुद्धमा मृत्यु भएका ६ जापानी सैनीकको शव
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

नेपालसन्देश डटकममा खबर छ । दोस्रो विश्वयुद्धमा लडाइका क्रममा मृत्यु भएका ६ जापानी सैनीक प्रशान्त राष्ट्रको एक खुल्ला गुफामा पाइएको छ । उक्त लाश अष्ट्रेलिया नजिकको पिलिलीउ टापुमा फेला परेको हो । सन् १९४४मा जापान तथा अमेरिकाबीच भएको भीषण दोहोरो भिडन्तमा उनीहरुको मृत्युभएको थियो ।उक्त विश्वयुद्धमा जापानका १० हजार सैनिकले ज्यान गुमाएका थिए । जसमध्ये २ हजार ६ सय सैनिकको लास जापानले पाएको छैन । जापानी सैनिकले आफ्नो रक्षाकोलागि वनाएका गुफाहरुमै उनीहरुको मृत्यु भएको अनुमान गरिएको छ । युद्ध सकिएसँगे ति गुफाहरु सरकाले सिल गरेको थियो । त्यसमध्येको एउटा गुफा ७० बर्षपछि जापानी राजा आकिहीतो तथा रानी मिचिकोको अस्ट्रेलिया भ्रमणको अवसरमा खोलिएको थियो ।मृतकहरु सुरुङमा तोप तथा माइन चलाउने सैनिक रहेको हुन सक्ने अनुमान गरिएको छ ।जापान सरकारले दोसे विश्वयुद्धको ७०औ बर्षगाठ मनाउन लागिरहेको वेला उसका हराइरहेका मृत सैनिकहरुको शव प्राप्त भएको हो ।जापान सरकारले अन्य वन्द अवस्थामा भएका सुरुङहरु पनि खोल्न अस्ट्रेलिया सरकारलाई आग्रह गरेको छ ।

, ,

0 comments

Post a Comment