को को हुन् त नेपालका लेस्बियन नायिका तथा मोडलहरु ?
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

Sungabhaपोखरा, ७ फाल्गुन | सुन्दा अचम्म लाग्न सक्छ । तर पछिल्लो समय केहि नेपाली नायिका र मोडलहरुको ‘लेस्बियन सम्बन्ध’को चर्चा नेपाली ग्लामर फिल्डमा ‘भुसको आगो’सरि फैलिएको छ । भलै, अहिलेसम्म ‘म लेस्बियन नै हुँ’ भनेर कुनै मोडल र नायिका पनि अगाडि आएका छैनन् । तर ती मोडल नायिकाहरुको दैनिक उठबस् र सामाजिक संजालमा देखिने आत्मियताले ‘हल्ला चलाउने’ मानिसहरुलाई ‘शंका पुष्टी’ गर्ने ठाउँ दिएको छ ।
मेनखबरले ग्लामर बृत्तमा चलेको यस्तो खालको हल्लामा अगाडि आएका केहि मोडल र नायिकाहरुको नाम अनुसार उनीहरुलाई नै प्रश्न सोध्ने आँट ग¥यो । शुरुमा हिच्किएका उनीहरु नाम सार्वजनिक नगर्ने शर्तमा मात्रै आफ्नो बारेमा केहि बोले । खासगरि काठमाण्डौ र पोखराका केहि मोडल–नायिकाहरु ‘लेस्बियन रिलेशन’मा रमाईरहेको भेद् पनि उनीहरुले खोले ।
किन लेस्बियन रिलेशन त ?
पोखराकी एक मोडल र काठमाण्डौका दुई नायिकालाई सोधिएको ‘लेस्बियन रिलेशन’को प्रश्नमा सबैले करिब उस्तै खाले उत्तर फर्काए । ‘यो फिल्डमा लाग्ने युवतीलाई पुरुष आँखाहरुले सँधै सेक्स रिलेशनका लागि हेर्ने परिपाटी छ ।’ उनीहरुले भने–‘जुन कुराले युवतीलाई निकै जोखिममा पारेको छ ।’ पुरुषसँगको रिलेशनमा सुरक्षित अनुभव नभएपछि आफुहरु ‘लेस्बियन रिलेशन’तर्फ आकर्षित भएको उनीहरुले बताए ।
सम्बन्धबारे सोध्दा एक नायिका भने अलिक बेसी नै खुलिन् । उनले आफ्नो सम्बन्ध रहेको अर्की नायिकाको बारेमा पनि केहि बताईन् । उनले बताएअनुसार उनीहरुबीच हुने भेटघाट, कुराकानी, च्याटिङ सम्पूर्ण कुराहरु प्रेमी जोडीकै जस्तो हुने गर्छ । उनले अगाडि भनिन्–‘मैले यसभन्दा अगाडि धेरै पुरुषहरुसँग सम्बन्ध राखेकी छु, सबैले मलाई यूज गरे । मैले पुरुषको पिटाई धेरै चोटी खाएकी छु । उनीहरुको एउटै ध्येय भनेको यौनसम्बन्ध हो । मैले आजसम्म जति पुरुषसँग सम्बन्ध राखेँ उनीहरुबाट मैले पाएको भनेको धोका मात्रै हो, त्यसैले म युवतीसँगै आकर्षित भएँ ।’ युवतीसँगको सम्बन्धबाट निकै सन्तुष्ट भएको उनको अनुभव छ ।
अर्की नायिकाले बताएअनुसार पछिल्लो समय फिल्म लाईनमा लाग्ने युवतीहरु अधिकांश ‘कास्टिङ काउच’को शिकार हुन्छन् । फिल्मको निर्माता, निर्देशक, अभिनेतासँगै सोहि फिल्डमा कलम चलाउँदै आएका मिडियाकर्मीहरु पनि विभिन्न वहानामा नायिकाहरुलाई यौनसम्बन्धको लागि अफर गर्ने गर्छन् । चर्चा र शिखरमा पुग्ने लक्ष्यसहित यो फिल्डमा छिर्ने युवतीहरुका लागि बारम्बार यस्ताखाले अफरहरु आईरहन्छन् । कति यस्तै कारणले पलायन हुन्छन् भने कति निरन्तर यस्तै खाले कास्टिङ काउचको शिकार बनिरहन्छन् । यस्ता कुराहरु कुनै पनि हालतमा नायिका वा मोडल बनेरै छाड्ने रहर भएका युवतीहरुमा बढि लागु हुने गरेको उनले सुनाईन् ।lesbian
‘साँच्चिकै रहरले डुबाउँदो रै’छ ।’ उनले अगाडि थपिन्–‘नत्र त आफुमा दृढ संकल्प र आत्मविश्वास भएन भने यहाँ धेरै स्यालहरु कुरेर बसेका छन् लुछ्नका लागि ।’ उनले अगाडि सुझाईन्–‘सम्पूर्ण रुपमा फिट भएर मात्रै यो लाईनमा आएपछि अरुले डाईरेक्ट यस्तो उस्तो गर्न पाउँदैनन् । नत्र केहि कमजोरी मात्रै भेट्नुपर्छ चर्चित नायिका मोडल बन्छु भनेर आउनेहरुलाई यीनीहरुले ओछ्यानमा मात्रै सिमित बनाईदिन्छन् ।’ ग्लामर फिल्डका अधिकांश वरिष्ठ देखि कनिष्ठ व्यक्तिहरुको सोँच भनेको नायिका वा मोडलसँग यौन सम्बन्ध राख्ने हुने गरेको उनले बताईन् । यस्ता खालका पुरुषहरुसँगको सम्बन्धका कारण बिच्किएर आफुले लेस्बियन रिलेशन राखेको उनले प्रस्ट्याईन् ।
दुई नायिकासँगको कुराकानी भैरहँदा उनीहरुले आफुहरुसँगै अरु नायिकाको लेस्बियन रिलेशनको बारेमा पनि बताए । उनीहरुका अनुसार करिब दर्जन बढि नायिकाहरु यतिबेला लेस्बियन रिलेशनमा रमाईरहेका छन् । पोखराकी एक मोडल यतिबेला लेस्बियन विवाह नै गर्ने तयारीमा छिन् । उनी आफ्नो सम्बन्धको बारेमा खास खुल्न चाहिनन् ।
खास के हो लेस्बियन सम्बन्ध ?
महिलाप्रति आकर्षित हुने महिलालाई महिला समलिंगी अर्था्त ‘लेस्बियन’ भन्ने गरिन्छ । नेपालको कानुनले यस्तो खालको सम्बन्धलाई अप्राकृतिक नमानेपनि समाजले भने अप्राकृतिक नै मान्दै आएको छ ।
नेपालको हकमा कुरा गर्दा केहि वर्ष अगाडि राजधानीमा पहिलोपटक पत्रकार सम्मेलन गरेर ‘मितिनी नेपाल’ले उपत्यकाका १२ सय लेस्बियन महिलाहरु आफ्नो सम्पर्कमा आएको जानकारी दिएको थियो । जसमा शिक्षा, खेलकुद, फिल्म, संगीत, साहित्य आदि धेरै क्षेत्रका महिला रहेको ‘मितिनी नेपाल’ को दाबी थियो। खासमा सबै खुलेर आउनै चाहँदैनन् । किनभने आफू समलिंगी भएको कुरा खोलेपछि उनीहरूले घर–परिवार र समाजको अपहेलना सहनुपर्ने हुन्छ ।
अमेरिकी मनोरोग चिकित्सा संघ तथा विश्व स्वास्थ्य संगठनले पुष्टी गरेअनुसार समलिंगी यौनसम्बन्धलाई प्राकृतिक नै मानेको छ । तर कतिपयले यो कुरा मान्न अझै तयार छैनन् । खासगरि धार्मिक मान्यताअनुसार यो एउटा यस्तो अवस्था हो जुन प्राकृतिक नभई एउटा गम्भिर मानसिक समस्या हो ।
धार्मिक, सांस्कृतिक एवं जैविक आधारमा महिला र पुरुषबीच मात्र यौनिक र वैवाहिक सम्बन्ध हुनसक्छ भन्ने धर्मको धारणा छ । र, त्यहि अनुरुप नै हुँदै आएको छ ।

0 comments

Post a Comment