बिहान सबेरै उठौं ब्रेकफास्ट नखानु हानिकारक हुन्छ
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

बिहान सबेरै उठ्नु राम्रो बानी हो । सबेरै उठेपछि योग तथा शारीरिक व्यायाम गर्नु पनि उत्तिकै आवश्यक छ । बेलुकी ढिला सुतेर बिहान चाँडै उठ्दा पनि आलस्य हुन्छ । त्यसैले बेलुका पनि चाँडै सुत्ने र बिहान चाँडै उठ्ने बानी बसाल्नुपर्छ । बिहान उठेर व्यायाम नगर्नु, चिया-कफी सेवन गर्नु, तथा ब्रेकफास्ट नखानु हानिकारक हुन्छ । 

बिहान चाँडै उठ्नु 

आफ्नो बिहानी राम्रो बनाउने हो भने बिहान सबेरै उठ्नुपर्छ । अफिस जानु १५ मिनेटअघि उठेर केही पनि गर्न सकिँदैन । 

पानी पिउनु 

साधारणतया ६ देखि ८ घन्टासम्म सुतिन्छ । त्यसैले उक्त समयमा पानी पिइएको हुँदैन । लामो अन्तरालको बीचमा जब बिहान उठिन्छ । सबैभन्दा पहिले पानी पिउनुपर्छ । त्यसले शरीरको अनावश्यक कुरा पनि बाहिर निकाल्छ । 

योग गर्नुपर्छ 

बिहान योग गर्दा फिट रहने मात्र नभै मोटोपन पनि घट्छ । ध्यान तथा लामो समयसम्म सास लिने आसन गरे पूरै दिन ऊर्जामय रहन्छ । 

तातोपानी मह र कागती 

बिहान पेट सफा भएन भने तातोपानीमा कागती र मह मिसाएर पिउनुपर्छ । यसले मोटोपन पनि कम गर्छ । 

जगिङ गर्नु 

बिहान एक्सरसाइज, एरोबिक्स, मर्निङ वाक वा जगिङमा निस्कनु राम्रो हुन्छ । 

बिहानै नुहाउनु 

आलस्य हटाई फ्रेस महसुस गर्न बिहानै नुहाउनुपर्छ । जुनसुकै समयमा पनि नुहाउन सकिन्छ तर फ्रेस महसुस गर्न बिहानै नुहाउनु उपयुक्त हुन्छ । 

चिया-कफीको साटो जुस

दिनको सुरुआत चिया-कफीबाट भन्दा पनि जुसबाट गर्नुपर्छ । चिया, कफीले दिमागलाई क्रियाशील गराए पनि शरीरमा हानी पुर्‍याउँछ । त्यसैले जुस पिउनु फाइदाजनक हुन्छ । 

हेभी ब्रेकफास्ट 

ब्रेकफास्ट गर्न छोड्नुहुँदैन । सधै पेटभरि नास्ता गर्नुपर्छ । ब्रेड, ओट्स, कर्नफ्लेक्स तथा फलफूलका साथमा अण्डा पनि खानुपर्छ ।

0 comments

Post a Comment