चार जनाको परिवारलाई एउटा सागको पात टिपे छाक पुग्ने
पोखरा, फागुन १२– कास्कीको ढिकुर पोखरी गाविस वडा नम्बर–८ का किसानले लगाएको साग एउटा पात एक छाक हुने गरेको छ । ढिकुर पोखरीका आत्मराम पौडेलले ३५ बर्षदेखि यता सोही साग निरन्तर लगाउँदै आएका छन् ।
स्थानीय साग भएकोले नाम पनि थाहा नभएको बताउने ६० वर्षीय पौडेलले अहिले सवै जना आफ्नो घरमा भएको साग हेर्न आउने गरेको बताए । चार जनाको परिवारलाई एउटा पात टिपे छाक पुग्ने भन्दै पौडेलले थोरै जग्गाबाट पनि धेरै आम्दिानी लिन सकिने बताए ।
अहिले माछापुच्छ्रे विकास संघले ढिकुर पोखरीमा पनि स्थानीय जातको बिउ संरक्षण गर्दै किसानलाई प्राङगारिक खेतीतर्फ लाग्न प्रोत्साहन गरेपछि आत्मरामसहित त्यहाँका किसानहरु उत्साहित भएका छन् ।

0 comments