प्याराग्लाइडिङबाट फेवातालमा खसेकाको उद्धार
फाइल तस्विर
प्याराग्लाइडिङ गर्ने क्रममा फेवातालमा खसेका एक व्यक्तिको एपीएफ टोलीले सकुशल उद्धार गरेको छ।
प्याराग्लाइडिङ्ग गर्ने क्रममा आइतबार दिउँसो फेवातालमा खसेका एक जनालाई सशस्त्र प्रहरी बलको फेवाताल रेस्क्यु टोलीले सकुशल उद्धार गरेको हो।
पोखरा उपमहानगरपालिका ९ नयाँबजार बस्ने २० वर्षिय एलिस थापा प्याराग्लाइडिङ्को अभ्यास गरिरहेको अवस्थामा एक्कासी फेवातालमा खसेका थिए।
फेवाताल तथा त्यस आपासपासको क्षेत्रमा आकस्मिक रूपमा कुनै दुर्घटना भएमा पीडितलाई तत्काल उद्धार र सहयोग पुर्याउने अभिप्रायले सो टावरमा एपीएफ टोली खटिदै आएको छ।
सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनबाट आवश्यक उद्धार सामाग्रीसहितको एपीएफ टोली उक्त रेस्क्यु टावरमा खटिदै आएको छ

0 comments