सटुक्क बिहे गरिन् सुमिनाले
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

काठमाडौं,फागुन २६ – केही समयअघिदेखि मिडिया तथा फिल्मकर्मबाट टाढा रहँदै आएकी अभिनेत्री सुमिना घिमिरेले गुपचुपमा बिहे गरेकी छन् । उनले सोमबार राजधानीको एक व्यांङकेटमा काभ्रेका रोशन सापकोटासँग हिन्दू संस्कारअनुसार बिहे गरेकी हुन् । सुमिना र रोशनको केही समयअघि म्युजिक भिडियोमा अभिनय गर्ने क्रममा चिनजान हुँदै अफेयर चलेको थियो । कान्छा बताइने रोशन पेसाले विमानचालक हुन् । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको ‘छविलाल कन्जुस छैन’ फिल्ममार्फत अभिनयमा उत्रिएकी सुर्खेतकी मीनालाई दुलही फिल्मले हिरोइन सुमिनाका रुपमा चिनाएको हो । त्यसपछि उनले करिब दुई दर्जन फिल्ममा अभिनय गरिन् । तर,उनी अभिनित अधिकांश फिल्म असफल भएका छन् । हाल उनी अभिनित भिमदत्त प्रदर्शन भइरहेको छ भने अहिलेसम्मको उनको पछिल्लो फिल्म माला ६ चैतमा रिजिल हुँदे छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 comments

Post a Comment