सेरउडको नेतृत्वमा भिल्लाको पहिलो जित
लन्डन (एएफपी),
क्रिस्टियन बेन्टेकेले अन्तिम समयमा पेनाल्टीमार्फत गोल गरेपछि एस्टन भिल्लाले मंगलबार इङलिस प्रिमियर लिगमा वेस्ट-ब्रुमलाई २-१ ले हराएको छ। प्रशिक्षक टिम सेरउडको नेतृत्वमा भिल्लाले पहिलो जित हात पारेको हो।
बेल्जियन स्ट्राइकर बेन्टेकेको गोलले भिल्लालाई डिसेम्बर ७ यता पहिलो जित दिलाएको हो। यससँगै भिल्लाले लगातार सात हारको
शृंखलामा पूर्णविराम लगायो र रेलिगेसन क्षेत्रभन्दा स्पष्ट ३ अंकमाथि उक्लियो। गत महिना पउल लाम्बार्टलाई बर्खास्त गरेपछि भिल्लामा आएका सेरउडले खेल सकिएको हिसिल बजाएपछि खुसियाली मनाएका थिए। उनलाई २८ वर्षभित्र भिल्लालाई पहिलोपल्ट रेलिगेसनमा जोगाउने चुनौती छ।
'स्टोकसँग २-१ ले हारेको खेलमा अन्तिम समयमा गोल बेहोरेका थियौं र त्यो साँच्चिकै दुःखद् थियो,' सेरउडले भने, 'तर अन्तिम समयमा गोल गर्नु निकै राम्रो अनुभव हुन्छ। हामी यसका लागि योग्य पनि थियौं।' उनले थपे, 'प्रत्येक खेलमा सुधार गरिरहेका छौं। हामी जीवित -रेलिगेसनबाट) छौं र अझै खेलिरहनेछौं। हामीले पि्रमियर लिगका १२ खेलमा जितेका थिएनौं र त्यो ट्रेन्ड तोडेका छौं।' बेन्टेकेले
फि्लक गरेको बललाई गोलमा परिणत गर्दै ग्याबि्रएल एग्बोनलहोरले १५ औं मिनेटमै भिल्लालाई भिल्ला पार्कमा अग्रता दिलाएका थिए। पहिलो हाफमै भिल्लाका मिडफिल्डर फाबियन डेल्फले प्रहार गरेको बल पोस्टमा लागेको थियो।
वेस्ट-ब्रुमलाई साइडो बेरहिनोले गोल गर्दै ६६ औं मिनेटमा बराबरीमा पुर्याएका थिए। यो उनको सिजनको १८ औं गोल हो। तर, बेन्टेकेले ९४ औं मिनेटमा निर्णायक गोल गर्दै भिल्लालाई जिताए।
साउथह्याम्पटनले क्रिस्टल प्यालेसलाई १-० ले हराएर च्याम्पियन्स लिगमा छनोटको आस कायमै राखेको
छ। यो जितसँगै साउथह्याम्पटन शीर्ष चारका टिमसँगको दूरी एक अंकमा घटाएर पाँचौं स्थानमा उक्लियो।
साइडो मानेले ८३ औं मिनेटमा साउथह्याम्पटनका लागि विजयी गोल गरेका थिए। सेनेगली फरवार्डको गोलसँगै रोनाल्ड कोएमेनको टिमले लिगमा तीन खेलको जितविहीन यात्रामा
पनि पूर्णविराम लगायो। अर्को खेलमा प्रशिक्षक गुस पोयेटले टचलाइन छाड्नुपरे पनि सन्डरल्यान्डले हल सिटीसँग १-१ को नतिजा निकाल्यो।

0 comments