विश्वकप क्रिकेट अस्ट्रेलियाको कीर्तिमानी स्कोर
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

अस्ट्रेलियाले बुधबार विश्वकपकै सर्वाधिक उच्च स्कोर बनायो र अफगानिस्तानमाथि २ सय ७५ रनको जित आत्मसात् गर्‍यो। यो विश्वकप इतिहासमै अहिलेसम्मको सर्वाधिक ठूलो जितको अन्तर पनि हो। वाकामा अस्टे्रलियाले पहिले ब्याटिङको निम्तो पायो र त्यसको उपयोग गर्दै ६ विकेट क्षति ४ सय १७ रन बनायो। त्यसमा प्रारम्भिक ब्याट्सम्यान डेविड वार्नरले आक्रामक १ सय ७८ रन बनाए।
वान-डे क्रिकेटमा उनको यो चौथो शतक हो। यस्तै यो विश्वकपमा अस्टे्रलियाली ब्याट्सम्यानका लागि सर्वाधिक ठूलो व्यक्तिगत स्कोर पनि हो। टिमको उच्च स्कोरका लागि भने अस्टे्रलियाले यसअघि सन् २००७ मा भारतले बर्मुडाविरुद्ध पाँच विकेटमा बनाएको ४ सय १३ रनको स्कोरलाई उछिनेको हो। यसपल्टको विश्वकपमा भने यो तेस्रो चार सय रनमाथिको स्कोर हो।
यसअघि दक्षिण अपि|mकाले दुईपल्ट चार सयको स्कोर खडा गरिसकेको छ। उसले वेस्ट-इन्डिजविरुद्ध पाँच विकेट क्षति ४ सय ८ र आयरल्यान्डविरुद्ध चार विकेटमा ४ सय ११ रन बनाएको थियो। त्यसको जवाफमा अफगानिस्तानले ३७.३ ओभरमा अलआउट हुन अगाडि १ सय ४२ रन मात्र जोड्न सक्यो। नवरोज मंगलले सर्वाधिक ३३ रन बनाए।
अफगानिस्तानलाई सस्तोमा समेट्न मिचेल जोन्सनले महत्त्वपूर्ण भूमिका खेले। उनले ७.३ ओभरमा २२ रन खर्चेर चार विकेट लिए। विश्वकपमा राम्रो लयबाट गुजि्ररहेका अर्का बायाँ हाते बलर मिचेल स्टार्कले १८ रन मात्र दिएर दुई विकेट लिए। यसपल्ट उनले लिएको विकेट संख्या दस पुगेको छ र त्यसमध्ये प्रत्येक विकेटका लागि औसत ९.३ रन मात्र खर्चेका छन्।
मोहम्मद नाबीले टस जितेर अस्टे्रलियालाई ब्याटिङको निम्तो दिएयता वाकाको मैदानमा उपस्थित दर्शकले त्यसको स्वागत गरेका थिए। नाबीको निर्णय सुरुमा बहादुरीपूर्ण देखिएको थियो। तर वार्नर र स्टिभ स्मिथले इनिङ्स सम्हालेयता खेल एकपक्षीय बन्न पुगेको थियो। वार्नरले ९२ बलमा आपmनो शतक पूरा गरे। उनले १ सय १४ रनमा जीवनदान पाए।
त्यसयता उनले समग्रमा १९ चौका र पाँच छक्का प्रहार गरे। अब अस्टे्रलियाले अर्को खेलमा आइतबार श्रीलंकाको सामना गर्नेछ भने अफगानिस्तानको अर्को प्रतिद्वन्द्वी न्युजिल्यान्ड रहेको छ। जितपछि अस्टे्रलियाली कप्तान माइकल क्लार्कले खुसी देखाए। उनले भने, 'आजको जित सजिलो रह्यो। हाम्रो ब्याटिङ माथिल्लो दर्जाको रह्यो, विशेषतः डेविड वार्नर अहिले गजब लयमा छन्।'

0 comments

Post a Comment