कसरी बच्ने स्वाइन फ्लुबाट ?
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्


सन् २००९ ताका माहामारीका रुपमा फैलिएको स्वाइन फ्लुको प्रकोप पुनः देखिन थालेको छ । सन् २०१५ मात्र छिमेकी मुलुक भारतमा यस रोगबाट ८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने १४ हजारभन्दा बढी संक्रमित बनेका छन् । नेपालमा पनि हालसम्म ५ जना यस रोगबाट संक्रमित भइसकेको पुष्टि भएको छ । खुला सिमानाका कारण भारतबाट यस रोगबाट ग्रसितहरु नेपाल सजिलै प्रवेश गर्न सक्ने भन्दै नाकाहरुमा सरकारले कढाई समेत शुरु गरिसकेको छ । के हो स्वाइन फ्लु ? स्वाइन फ्लु भनेको एक प्रकारको स्वासप्रश्वाससम्बन्धी रोग हो जुन सुंगुरको स्वास नलीलाई संक्रमित गर्ने इन्फ्लुएन्जा भाइरस यानी एच वान एन वान भाइरसका कारण लाग्ने गर्छ । चाँडै संक्रमित हुनसक्ने स्वाइन फ्लु मानिसबाट मानिससम्म हावा, सिगान वा थुकबाट सर्न सक्छ । यस भाइरसबाट संक्रमित बनेका मानिसहरुले हाच्छ्यु गर्दा उसको मुखबाट भाइरस हावामा पुग्छ । यदी तपाईं उक्त भाइरसँग सम्पर्कमा आउनुभयो भने तपाईंलाई पनि यो रोग लाग्न सक्छ । त्यस्तै स्वाइन फ्लु रोगबाट संक्रमित बनेकाहरुले प्रयोग गरेका समान जस्तै ढोका वा हात धुने बेसन आदिको तत्काल सम्पर्कमा आउँदा पनि यो रोग सर्न सक्छ । एकपटक यस एचवान एनवान भाइरसबाट संक्रमित बनेपछि मानिस १० दिनसम्म रोगको संक्रमणमा रहन सक्छन् । यद्यपि, यसको नाम अनुसार सुंगुरको मासु वा अन्य परिकार खाँदैमा यो रोग सर्दैन । स्वाइन फ्लुको लक्षण देखिनुभन्दा एक दिन अघिदेखि नै यो रोग संक्रमक हुन्छ । मानिसको स्वास्थ्य अवस्था हेरेर सात दिनसम्म संक्रमित रहनसक्छन् भने बालबालिकाहरु १० दिनसम्म संक्रमति रहनसक्छन् । यसका लक्षणहरु अन्य सामान्य रुघाखोकीजस्तै हुन्छ जस्तैः यसले निमोनिया र स्वासप्रश्वास बन्द गर्ने जस्ता ठूलो समस्याहरु निम्ताउन सक्छ । अझ डाइबिटिज र दमका रोगीहरुका लागि यो रोग घातक हुनसक्छ । यदी तपाईंलाई सास फेर्न गाह्रो हुन्छ, बान्ता हुन्छ, पेट दुख्छ, रिंगटा लाग्छ भने तुरुन्त डाक्टरलाई सम्पर्क गर्नुहोला । कसलाई बढी खतरा ? यस रोगबाट निम्न व्यक्तिहरुलाई बढी खतरा हुन्छः


  • ५ वर्षभन्दा मूनिका बालबालिकाहरुलाई
  • ६५ वर्षभन्दा बढीका मानिसहरुलाई
  • गर्भवती महिला
  • फोक्सो, मुटु, कलेजो, रगत, स्नायु प्रणाली र पाचन प्रक्रियासम्बन्धी समस्या भएका व्यक्तिहरुलाई
  • एचआइभीबाट संक्रमित र प्रतिरोधात्मक शक्ति कम भएकाहरुलाई
  • अन्य रोग लागेका व्यक्तिहरुलाई कसरी उपचार गरिन्छ ?
  •  सामान्य रोघाखोकीमा प्रयोग हुने केही एन्टीभाइरल औषधिहरु पनि स्वाइन फ्लुको उपचारमा प्रयोग हुन्छ । यसको साथै ओसेल्टामिभिर (टामीफ्लु) र जनामिभर (रेलेन्जा) यस रोगको उपचारमा बढी प्रयोग भएको पाइएको छ । यद्यपि, केही प्रकारका स्वाइनफ्लु भने टामीफ्लुबाट ठीक नहुन पनि सक्छन् । यी औषधिले स्वाइन फ्लुको संक्रमणबाट चाँडै ठीक हुन मद्दत गर्छ र रोगलाई गम्भिर बनाउनबाट रोक्छ । यी औषधीहरु लक्षण देखिएको ४८ घण्टाभित्र लिए चाँडै असर गर्छ । यसमा एन्टिबायोटिकले काम गर्दैन किनभने यो रोग ब्याक्टेरियाले नभएर भाइरसका कारण लाग्छ 
    स्रोतः स्वास्थ्यसम्बन्धि विभिन्न वेभसाइटहरु
    Diagram_of_swine_flu_symptoms
    Swine-Flu-Prevention

    0 comments

    Post a Comment