कोरियाबाट मिल्ती खोला हाइड्रोपावरको लगानी जुट्दै
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

सोल, फाल्गुन १९ - कोरियामा कार्यरत नेपालीले रामेछापको सानो मिल्ती खोला हाइड्रो पावर आयोजनामा लगानी गर्न जुटेका छन् । ४५ करोड रुपैयाँको लागतमा बन्न लागेको आयोजनाका लागि यहाँ कार्यरत नेपाली ब्यबसायी, कामदारहरुले  ३० प्रतिशत अर्थात १५ करोड रुपैयाँ लगानी गर्ने भएका हुन् ।
७० प्रतिशत लगानी बैंकको रहने आयोजनाको उत्पादन क्षमता ३ मेगावाट रहेको छ । ग्लोबल नेपाली इन्भेस्टमेन्ट (जीएनआई) कम्पनिले निर्माण गर्न लागेको आयोजनामा लगानी गर्न बिभिन्न क्षेत्रमा कार्यरत नेपालीले दुई हप्तामा ७ करोड रुपैयाँ लगानीको प्रतिबद्धता  ब्यक्त गरेका छन ।
कम्पनीले आइतबार सोलमा आयोजना गरेको सेमिनारमा मात्र १ सय जना लगानीकर्ताले ३ करोड रुपैयाँ लगानी गर्ने प्रतिबदता ब्यक्त गरेका थिए । साधारण शेयर १ देखि  १० लाख रुपैयाँसम्मको  व्यवस्था कम्पनीले गरेको छ । यसअघि दाङ , थेजन , थेगु , उल्सान बुसान ,छाङवान लगायतका शहरहरुमा भएको अन्तरकृयाबाट ४ करोड रुपैयाँ लगानी गर्ने  प्रतिबद्धता जनाइएको थियो । बाँकी ८ करोड मार्चमहिना भित्र संकलन गरिने र शेयरदाताको संख्या बढी भए बैंकको ऋण न्यून गर्ने जनाइएको छ ।
आइतबारको सेमिनारलाई सम्बोधन गर्दै कोरियाका लागि नेपाली कार्यबाहक राजदूत राजाराम बर्तौलाले लगानीकर्ताको उत्साहजनक उपस्थिति देखेर आफुलाई नेपालको भविष्य सुन्दर छ भन्ने बिश्वास लागेको बताए । 'सहयोग, दान,  अनुदानले देश बन्दैन नेपाल नेपालीकै परिश्रमले बन्ने हो' उनले  भने '२०१३ सालदेखि खरबौं सहयोग उपदान पायौं तर अझै मुलुक बनेको हामीले देखेका छैनौं ।'
प्रमुख अतिथि समेत रहेका बर्तौलाले नयाँ नेपाल बनाउने जिम्मेवारी हाम्रै काँधमा रहेको बताए । 'आफ्नो लागि लगानी गर्दा सन्ततिको लागि र अन्तत मुलुककै लागि हुन्छ,' बर्तौलाले भने 'देशको श्रोत साधन वास्तविक जनताको पहुँचसम्म पुर्याउनु नै लोकतन्त्रको सुन्दर पक्ष हो ।' आयोजनामा आफू पनि लगानी गर्न तयार रहेको जानकारी दिए ।
 कम्पनीका अध्यक्ष तेन्जी शेर्पाले आयोजनाको बिबिध पक्षबारे प्रकाश परेका थिए । उनले नेपालमा ४ हजार मेगावाटभन्दा बढी बिद्युत आवश्यकता रहेको औल्याए । सानो मिल्ती खोलाको आयोजना २ बर्ष ६ महिनामा पुरा हुने आयोजना कानुनी तथा  स्थानीय समस्या नभएको उनको कथन थियो ।
अध्यक्ष शेर्पाले लगानीकर्ताले ५० प्रतिशतका दरले २ किस्तामा बुझाउन सक्ने र शेयरको पहिलो किस्ता मार्चको अन्तिम र दोश्रो किस्ता मे महिनाको १५ भित्र बुझाउनुपर्ने जानकारी दिए ।
सेमिनारमा ग्लोबल नेपाली इन्भेस्टमेन्टका निर्देशक सुरेश सुब्बाले आयोजनाको नेपाल र कोरियामा भइरहेको गतिविधि प्रकाश परेका थिए भने कोपिलदेव न्यौपानेले स्वागत मन्तब्य दिएका थिए ।
आयोजनाको निर्माण कार्य आउँदो कातिर्क महिनादेखि शुरु हुने जनाइएको छ । कन्स्ट्रक्सन सकिए लगतै केन्द्रीय प्रसारणमा जोडिने सो आयोजनामा लगानी गर्ने शेयरदाताले उत्पादन शुरु भएको ५ बर्ष सम्म २० प्रतिशत र छैटौं बर्षदेखि २५ बर्षसम्म ६० प्रतिशत लाभांश पाउने जनाइएको छ ।
 बैंकिङ ऋणको व्यवस्था
 कोरियामा रहेका नेपालीहरुबाट संचालन गर्न लागिएको उक्त परियोजनाका लागि कोरियाको एक बैंकले कामदारलाई ऋण उपलब्ध गराउने भएको छ । बाषकिर् ५ देखि ६ प्रतिशत ब्याजदरमा पाइने ऋण्ा कामदारले मासिक किस्ताबन्दिमा १ बर्ष भित्र बुझाउन सक्ने व्यवस्था मिलाएको छ ।
३० देखि ५० लाख वनसम्म दिइने ऋण्ा आयोजनामा मात्र प्रयोग गर्न पाइने प्राबधान राखिएको छ । यसका लागि कामदारको भिषा अवधि दुइ बर्ष हुनुपर्ने जनाइएको छ ।

0 comments

Post a Comment