कतारले पुनर्निर्माणमा पनि सहयोग गर्ने
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

काठमाडौ, वैशाख २८ - मित्र मुलुक कतारले महभूकम्पमा परेर भत्किएका घरहरूको पुनर्निर्माणमा सहयोग गर्न आफूहरू तयार रहेको जनाएको छ। लामो बिदापछि नेपाल फर्केका कतारी राजदूत अहमद जसिम अल हमारले यस्तो विपतको अवस्थामा नेपाललाई सहयोग गर्न आफूहरू तयार रहेको बताए।
कतारको निर्माणमा नेपालीको योगदानलाई आफूहरूले कहिल्यै नभुल्ने र अहिले तिनै नेपालीलाई विपत पर्दा हामी चुप लागेर बस्न नसक्ने उनले बताए। तत्काल राहतका लागि कतारी रेड क्रिसेन्टमार्फत सहयोग गर्दै आएको कतारले सरकारसँगको छलफलपछि थप सहयोग तय गर्ने बताए। ‘म हिंजोमात्र फर्कें, अब सरकारी अधिकारी, राजनीतिक नेतृत्वसँग भेटघाट गर्छु र दीर्घकालका लागि कसरी सहयोग गर्ने तय हुन्छ। सरकारको योजना के छ, कस्तो सहयोगको माग हुन्छ त्यसलाई हेरेर नै सहयोग नै हुनेछ।’ कतारले ३५ किलो राहत सामग्री करिब तीन हजार परिवारलाई कतारी रेड क्रिसेन्टमार्फत र उनीहरूलाई ब्ल्याङ्केट र पानीसमेत उपलब्ध गराएको थियो। त्यस्तै कतारले नेपाल रेडक्रसलाई पीडितहरू रहेका स्थानमा बत्तीको व्यवस्था गर्न ६० ठूला जेनेरेटर उपलब्ध गराएको छ।
राजदूतले अहिले तत्काल राहतका लागि स्वयंसेवी संस्थामार्फत हामीले यस्तो सहयोग गरेका हौं। यो दुई पक्षीय सहयोगको रूपमा भन्दा पनि तत्काल राहतका रूपमा उपलब्ध गराएका हौं।

नेपालीलाई मेडिसिनसमेत उपलब्ध गराइएको थियो। नेपाली जनता यस्तो विपतमा परेकोमा हामी दु:खी छौं भन्दै राजदूतले राहत सामग्रीसमेत हस्तान्तरण गरेका थिए। उनले आफू काठमाडौंमा नरहेको भए पनि सहयोगका लागि लगातार आफ्नो स्थानबाट प्रयास भएको बताए।

0 comments

Post a Comment