ठूलो दुर्घट्नाबाट पाइलटले जोगाए
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

Dikesh Malhotraकाठमाडौं, फाल्गुन २० - म बुवा (दीपक मल्होत्रा)सहित चार जना सामसुङ एस सिक्सको लञ्चिङ कार्यक्रमका लागि स्पेनको बार्सिलोना गएका थियौं । १ तारिखमा सामसुङ एस सिक्सको लञ्चिङ थियो । २ तारिखमा बार्सिलोना मै हामी मोबाइल वर्ल्ड कंग्रेस (एमडब्लुसी)मा भाग लियौं ।
तीन तारिखमा हाम्रो फ्लाइट थियो । टर्कीको इस्तानबुलमा ट्रान्जिट थियो । ४ तारिखमा ६:५५मा ल्यान्ड हुने सेड्युल थियो । इस्तानबुलबाट काठमाडौंसम्म झन्डै ६ घण्टाको फ्लाइट थियो ।
बिहान ६ः५५मा ल्यान्ड हुने सेड्युल रहे पनि ६:२५ मा नै ल्यान्ड हुने देखाइरहेको थियो । काठमाडौं आए पनि प्लेन ल्यान्ड भएन । आकाशमै घूमाइरहेको थियो । ६-७ राउण्ड घूमायो । त्यसपछि ल्यान्ड हुँदै थियो । माथि राम्रै भिजिबिलिटी थियो । तर, ल्यान्ड गर्दा तल एकदमै हुस्सु र कुहिरो देखियो । भिजिबिलिटी झण्डै झण्डै जिरोजस्तो थियो ।
ल्यान्ड गनै लाग्दा फेरि पाइलटले प्लेनलाई उडाइदिनुभयो । त्यसपछि यात्रुहरु आत्तिन थाले । नर्मल्ली यस्तो हुँदैन भन्ने भएपछि सबैजना डराए । भिजिबिलिटी नभएकाले ल्यान्ड हुन गाह्रो छ भनेर पाइलटले आधा घण्टा घुमाएरमात्रै ल्यान्ड गर्छु भनिरहनुभएको थियो । प्लेनलाई फेरि टाढा लैजानुभयो ।
एक घण्टा घुमाएपछि प्लेन ल्यान्ड गर्न 'रन-वे'तिर फर्कियो । २०-२५ मिनेपछि प्लेन ल्यान्ड गर्न लाग्दा हुस्सु कम देखिएको थियो । ल्यान्ड गर्न ५ देखि १० सेकेन्डको बीचमा फेरि हुस्सु आयो । बाहिर केही देखिएको थिएन । एक्कासी प्लेन ग्राउण्डमा ठोक्कियो ।
प्लेनले 'रन-वे'मा ल्यान्ड गरेन । साइडमा ल्यान्ड गरेछ । साइडतिर जानेवित्तिकै सबैले 'क्र्यास' भयो भन्ने थाहा पाए । प्लेन घुमिरहेको थियो । अनौठो प्रकारको आवाज आइरहेको थियो । पाइलटले ब्रेक लगाएको थाहा पाइन्थ्यो । प्लेनभित्र सबै यात्रुहरु सिटमा समातेर डराइरहेका थिए । ब्यागेजहरु र्झन थालेका थिए । बाँचिन्छ कि बाँचिदैन भन्ने त्रास थियो ।
मेरो अगाडि एक जना एयरहोस्टेज थिइन् । उनी पनि आत्तिरहेकी थिइन् । उनको आँखाबाट आँशु झरिरहेको थियो । उनी आँशु-आँशु भएपछि के भइरहेको छ भन्ने चिन्ता मलाई पनि लागेको थियो ।
प्लेन रोकिएपछि धूँवा आउन थाल्यो । यात्रुहरु कराउन थाले, ढोका खोल कि खोल भनिरहेका थिए । एयरहोस्टेजले पाइलटसँग कुरा गरिरहेका थिए । ५ देखि १० मिनेट त्यत्तिकै बसियो । त्यसपछि पाइलटले ट्युब खोल्न आदेश दिनुभयो । पालैपालो हामी इमरजेन्सी एक्जिटबाट निस्यौं । बाहिर निस्केपछि सबैले आफन्तलाई फोन गर्न थाले ।
प्लेनमा समस्या आएपछि मैले एयरहोस्टेजतिर नै हेरिरहेको थिएँ । मनमा लागिरहेको थियो प्लेन नठोक्यिोस्-नठोक्यिोस्।
पाइलटले प्लेन जोगाएपछि मैले पाइलटलाई हृदयदेखि नै धन्यवाद दिएँ । प्लेनलाई ठूलो दुर्घटनाबाट जोगाउनुभयो । 'रन-वे'बाट घाँसे मैदानतिर नमोडेको भए ठूलो दुर्घटनाबाट जोगाउन सकैले सक्दैनथ्यो । पाइलटले हतारमा चलाखी अपनाउनुभयो ।
...
दिकेश मल्होत्रा सामसुङ मोबाइलको नेपालस्थित आधिकारिक विक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेजका अध्यक्ष हुन् । उनीसँग ईकान्तिपुर डटमका लागि शेखर अधिकारीले कुरा गरेका हुन् ।
...
दिकेशले दुर्घटनापछि मोबाइलबाट खिचेका तस्बिरहरु-








0 comments

Post a Comment