दोस्रो हाफको ८५ औं मिनेटमा प्रकाशले निर्णायक गोल गर्दै थ्री-स्टार फाइनल यात्रा पक्का गरे
दोस्रो हाफको ६४ औं मिनेटमा पहिलो रोजाइका खेलाडी जगजित श्रेष्ठ
बाहिरिएपछि दोस्रो रोजाइका खेलाडी प्रकाश बुढाथोकी मैदान प्रवेश गर्नु नै
थ्री-स्टारको यात्रा सुखद रह्यो । खेल सकिन पाँच मिनेट बाँकी रहँदा
प्रकाशले ३७ यार्डबाट प्रहार गरेको बलले सीधै पोस्टको दिशा लियो । पहिलो
हाफ गोलरहित बराबरीमा टुंगिएपछि दोस्रो हाफको ८५ औं मिनेटमा प्रकाशले
निणर्ायक गोल गर्दै थ्री-स्टारको फाइनल यात्रा पक्का गरे ।
पुलिस अपेक्षा गरेअनुरूप खेल प्रदर्शन गर्न नसक्दा गोल गर्ने अवसरबाट
विमुख हुनुपर्यो । घाइते अवस्थामै मैदानमा उतारिएका कप्तान जुमनु राईले
राम्रो खेले । दोस्रो हाफको अन्त्यतिर उनले पेनाल्टी क्षेत्रबाट गरेको
आकर्षक प्रहार विपक्षी गोलरक्षक किरण चेम्जोङले मुस्किलले बचाए । पुलिसका
गोलरक्षक रितेश थापा 'म्यान अफ द म्याच' घोषित भए ।
दोस्रो हाफको अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा पराजय भोग्नुपरेको
पुलिसका व्यवस्थापक हरि खड्काले बताए । 'खेल बराबर जस्तै थियो,' खड्काले
भने, 'राम्रो खेल्दाखेल्दै पनि अन्तिमको सानो गल्तीले हार्नु पर्यो ।'
थ्री-स्टारका प्रशिक्षक अञ्जन केसीले सुरुमा तालमेल नमिल्दा गोलका राम्रा
अवसर गुम्न पुगेको बताए । 'नतिजा अझै धेरै आउने सम्भावना थियो,' केसीले
भने, 'धेरै प्रहार खेर जाँदा अवसर गुम्न पुग्यो ।
